नियम २३
पेशीको तारिख
(१) इजलासबाट हेरिने मुद्दामा प्रधान न्यायाधीशले तोकेको दिनमा इजलासबाट सुनुवाई गर्ने गरी पेशी व्यवस्थापन गरिनेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको दिनमा मुद्दाको सुनुवाई गर्ने गरी रजिष्ट्रारले मुद्दामा पेशी तारिख तोक्न लगाउनेछ ।
(३) उपनियम (२) बमोजिम तोकिएको तारिख अनुसार साप्ताहिक तथा दैनिक पेशी सूची प्रकाशन गरिनेछ ।
(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियम बमोजिम पेशी सूचीमा चढेको मुद्दा इजलासले अन्यथा आदेश दिएमा बाहेक स्थगित गर्न पाइने छैन ।